बुटवल । रुपन्देही जिल्लामा पर्यटन व्यवसायको राम्रो सम्भावना भएतापनि वित्तिय व्यवस्थापन र प्रशासनिक झमेलाका कारण साँेचे अनुसारको पर्यटनको विकास हुन नसकेको एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको पर्यटन दिवशको उपलक्ष्यमा आयोजना गरेको रुपन्देहीमा होटल व्यवसायको अवस्था र चूनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नेहरुले भारतीय पर्यटकलाई ध्यानमा राखेर सोहीअनुसारको व्यवस्थापन गर्न जरुरी रहेको औंल्याएका हुन् ।
कार्यक्रममा अवधारण प्रस्तुत गर्दै आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले रुपन्देही जिल्लाशिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका लागि अतिउपयुक्त सम्भावनाभएको जिल्ला भएको बताए । उनले सम्भावना भएतापनि होटल तथापर्यटन व्यवसायीहरुको पेशा व्यवसायको संरक्षण र सम्वद्र्धनका लागि जनशक्ति अभाव, वित्तिय व्यवस्थापनको जटिलता र प्रशासनिक झमेलालले चुनौती थपिएको खुलासा गरे ।
नाडा लुम्बिनीप्रदेश अध्यक्ष रचना पन्तले सामाजिक रुपमा रहेका कुसंस्कारका कारण पर्यटन व्यवसाय फस्टाउन नसकेको गुनासो गरे।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सन्तोष घिमिरेले हरेक क्षेत्रमा अरुलाई दोष थोपरेर आफनो कर्तव्य र जिम्मेवारीवाट पन्छिने परिपार्टीको अन्त जरुरी रहेको औंल्याएँ।
होटल व्यवसायीका अभिभावक माधव प्रसाद नेपालले नेपालको पर्यटन विकासका लागि भारतीय पर्यटकलाई नै प्राथमिकतामा राखेर नीति निर्माण गर्नु पर्ने बताए । उनले पर्यटकहरुलाई गर्ने व्यवहारमा परिवर्तन जरुरी रहेको भन्दै सरकारी कर्मचारीको नियत सफानहुदासम्म नेपालमापर्यटन व्यवसाय फसटाउन नसक्न ठोकुवा गरे ।
पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्ति प्रसाद पाण्डेले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा आ–आफनै जिल्लाको पहिचान र संस्कृति झल्कने गरि सांस्कृतिक ग्राम निर्माण लागि सरकार लागि परेको बताए । त्यस्कालागि छिटै टेन्डर गर्ने पनि उनले जनाए ।
कार्यक्रममा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकार निर्देशक रामु जोशीले सीमा नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई यस क्षेत्रमा बसाल्ने वातावरण बनाउन जरुरी रहेको औंल्याएँ । उनले लुमिबनी र बर्दिया राष्ट्रिय निकुन्जलाई आधार बनाएर पर्यटक भित्राउने वातावरण् बनाउन जरुरी रहेको भन्दै होटल व्यवसायीले रैथाने खानलाई आफनो ब्राण्ड बनाउन आवश्यक रहेको उल्लेख गरे ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम प्रसाद लुईटेल, तिरास लाम्टाङ्गे मगर,वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, व्यवसायी युवराज पराजुली संघका सचिव अर्जुन थापा लगाएतले पर्यटनको विकास कुरामा सिमित भएको व्यवहारमा लागू भन्दै गर्न माग गरे ।
प्रतिक्रिया