आज विश्व पर्यटन दिवस, हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा मनाइने यो दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्धन’ भन्ने नारासहित यो दिवस मनाउँदै आइएको छ । यस वर्षको मूल नारा भने ‘ Rethinking Tourism’ अर्थात् पर्यटनमा पुर्न तथा पूर्ण विचार’ रहेको छ । विश्वव्यापी कोभिड महामारीका समयमा र त्यसपछि पर्यटन क्षेत्रमा निकै प्रभाव परेको छ । यसैकारण पर्यटनलाई पुनःचलायमान र उत्थान गर्नका लागि यसबारे पुर्न सोँच्न आवश्यक रहेको हुनाले यो नारा तय गरिएको हो ।
संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले सन् १९८० देखि हरेक वर्ष औपचारिक रुपमा यो दिवस मनाउँदै आएको हो । जसअनुसार प्रत्येक वर्ष एक आयोजक राष्ट्र हुने गर्दछ । यस वर्षको पर्यटन दिवसको मुख्य आयोजक राष्ट्र भने इन्डोनेशिया रहेको छ ।
सामान्यतया पर्यटन भन्नाले घुमफिर र यस सम्बन्धीका क्रियाकलाप तथा गतिविधि भन्ने बुझिन्छ । तर, पर्यटन अहिले जुनसुकै देशको आयको मूल स्रोत बन्ने गरेको छ । अहिले स्थानीयस्तरदेखि राष्ट्रिय,अन्तरािष्ट्रय स्तरमै घुमफिर गर्ने प्रचलन बढेको छ । नेपालमा पनि घुम्ने संस्कृतिको विकास हुँदैछ । पर्यटन क्षेत्रको विस्तारसँगै प्रवद्र्धन पनि हुँदै आएको छ । मुलुक प्राकृतिक,सांस्कृतिक रुपमा निकै धनी छ । यहाँ पर्यटनका सम्भावना धेरै छन् ।
अब पर्यटकीय मुलुकका रुपमा विश्वसामु परिचित गराउनु उपयुक्त हुन्छ । उत्तर–दक्षिण औसतको १ सय ९३ किलोमिटर चौडाइभित्र समुद्र सतहबाट ७० मिटरदेखि विश्वकै सबैभन्दा अग्लो भाग सगरमाथासम्म रहेकाले नेपाल भौगोलिक र जलवायूजन्य विविधताको दृष्टिले विश्वमै उदाहरणीय छ। नेपालमा तराई क्षेत्रमा विद्यमान हावापानीलाई भूमध्यरेखीय उष्ण हावापानीसँग दाँज्न मिल्छ भने उच्च हिमाली क्षेत्रको हावापानीलाई ध्रुवीय हावापानीसँग तुलना गर्न सकिन्छ। तराइदेखि हिमाली क्षेत्रसम्म पाइने वनस्पति तथा जीवजन्तुमा पनि ठूलो भिन्नता छ। नेपालको कुल क्षेत्रफलको अधिकांश भाग पहाडी क्षेत्र छ, जहाँ विश्वको सबैभन्दा अग्लो सगरमाथादेखि विशिष्ट जैविक तथा भौगोलिक विशेषता बोकेका पर्यटकीय क्षेत्र एवम् संसारकै उत्कृष्ट पदमार्ग समेत छन्।
भूकम्प र कोरोनापछि थलिएको मुलुक र अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन अबको मुख्य आधार बन्न सक्छ । पर्यटन क्षेत्रलाई अर्थतन्त्रको आधार-स्तम्भको रूपमा विकसित गर्दै पर्यटनको सबैसामु पुर्याउन जरुरी छ । सोहीअनुसार नृपालमा पर्यटन भित्राउन जोड गुर्न पर्दछ । यसका लागि पर्यटनका पूर्वाधारको विकासमा लगानी गर्नु आवश्यक छ । नयाँ पर्यटन गन्तव्यको पहिचान र प्रवद्र्धनमा ध्यान दिन जरुरी छ ।
पर्या-पर्यटन,जैविक पर्यटन,ट्रेकिङ,कला,संस्कृति मनोरञ्जन लगाएत सबै क्षेत्र र विशेषताहरुको अदुभूत संगम रहेको मुलुकमा पर्यटनको सम्भावना अतुलनीय छ । तर पर्यटनलाई विकेन्द्रित गर्दै यसको लाभ आधारभूत तहसम्म पु¥याउने कुरामा गाम्भीर्यता देखिँदैन। धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूमा पूर्वाधार विकास र प्रचार-प्रसार गरिएको छैन। वास्तवमै प्राकृतिक छटा र विविधताले भरिपूर्ण नेपालका हरेक क्षेत्रमा पर्यापर्यटन विस्तारको सम्भावना छ। यसका लागि ती क्षेत्रको पहिचान, प्रचार-प्रसार तथा व्यवस्थित, जनसहभागितामूलक र दिगो पर्यटन विकासको नयाँ सोंच मोडल आवश्यक छ।
अहिले गाउँ–गाउँमा टोल–टोलमा पनि फरक विशेषता,प्रतिभा,क्षमता र सम्भावना रहेका छन् । तीनकने उचित संरक्षण,प्रर्वद्धन र प्रचार–प्रसार गरी स्थानीय स्तरमा रोजगार सिर्जना गर्दै अर्थोपार्जन पनि गर्न सकिन्छ । पर्यटनका लागि ठूला–ठूला संरचना मात्रै नभई साना–साना तर विशेष महत्व राख्ने क्षेत्रहरु बढी महत्वपूर्ण हुन्छन् । पर्यटन क्रियाकलापको लागि पूर्वाधारमा जोड दिई यस क्षेत्रमा धेरै भन्दा धेरै रोजगार सिर्जना गर्न सकिन्छ ।
पर्यटन केवल घुमफिर गर्नु मात्रै होइन । यसले व्यक्तित तथा सामुहिक क्रियाकलपसँगै विभिन्न गतिविधिहरु पनि सिर्जना गर्दछ । जसले गर्दा रोजगार तथा अर्थतन्त्रमा पनि टेवा पुर्याउँछ । नेपालमा पर्यटनको सम्भावना अथाह छ । तसर्थ अब पर्यटनलाई धेरैभन्दा धेरै रोजगार सिर्जना गर्ने र बलियो आर्थिक स्रोतको रुपमा विकास गर्नु पर्दछ ।
प्रत्येक वर्ष एक दिन पर्यटन दिवस मनाइँरहँदा पर्यटनका सम्भावना,क्षेत्र,पर्यटनले सिर्जना गर्ने अवसर लगाएतका विषयमा गम्भीर समीक्षा हुन पनि आवश्यक छ । पर्यटनलाई प्रतक्ष्यरुपमा स्वरोजगार र आयमुखी बनाउनु पर्दछ । देशमा भएका सबै प्राकृतिक,धार्मिक,सांस्कृतिक, कलात्मक लगाएत आकर्षक स्थान र विशेषताको समुचित सदुपयोग गर्दै पर्यटनमूखी बनाउनु पर्दछ । अर्कोतर्फ ‘अतिथि देवः भव’ भन्ने नेपाली संस्कारअनुसार पर्यटनमैत्री वातावरण, व्यवहार,सेवा,सुरक्षाको पनि प्रबन्ध गर्न जरुरी छ ।
प्रतिक्रिया