बुटवल । बुटवल र भैरहवासहित देशभरका स्टोरमा भाटभटेनीले यस वर्ष पनि चाडपर्वमा विशेष छुट दिने भएको छ । भाटभटेनीले नेपालीहरुको महान चाडपर्व दशैँ तिहारमा लक्षित गरि खाद्यन्य, कपडा, इलेक्टोनिक्स समान लगायतमा १० देखि ३० प्रतिशतसम्म छुटेको व्यवस्था गरेको व्यवस्थापक विनोद भट्टराईले बताए ।
‘भाटभटेनीले विगतमा पनि हरेक चाडपर्वमा छुटको व्यवस्था गर्दै आइरहेको नै छ । कोरोनाका कारण आर्थिक क्षेत्रमा देखिएको मन्दीका कारण यस वर्ष पहिला भन्दा केही धेरै छुटको व्यवस्था गरिएको छ ।’–व्यवस्थापक भट्टराईले भने । भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँमा चिनी विक्री गरिरहेको छ ।
काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी विक्री गरेको छ । जबकि बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी ९९ रुपैयाँदेखि १०५ रुपैयाँसम्म छ । साथै चिनी भने एउटा ग्राहकले ३ केजी मात्रै किन्न पाउने बताउँछन् ।
यस्तै ग्रोसरीतर्फ केलोक्स कम्पनीको ओट्स र कर्नफ्लेक्समा ३० प्रतिशत छुट छ। विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन र स्याम्पुमा १० प्रतिशत छुट छ। बाल्ट्राको सामानमा १० प्रतिशत छुट । हुलासका सामानमा १० प्रतिशत छुट छ । आरएस कम्पनीको २ लिटरको ओलिभ आयल खरीद गर्दा अर्को २ लिटर सित्तैँमा पाइने अफर रहेर भाटभटेनीले जनाएको छ ।
भाटभटेनी स्टोरले सबै प्रकारका गार्मेन्ट, सारी र कुर्तामा १०, फुटवेयरमा १० र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर ल्याएको छ त्यस्तै पेय पदार्थमा १० देखी २० प्रतिशत सम्म छ्ट रहेको जनाएको छ । त्यसैगरी इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानमा ३० प्रतिशतसम्म छुट रहेको भाटभटेनीले जनाएको छ ।
यो बाहेक एनआईसी एसिया बैंकको कार्ड वा एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा थप १० प्रतिशत छुट हुने व्यवस्था मिलाइएको छ । नगद कारोबारको साटो डिजिटल भुक्तानीलाई प्रमोट गर्न यस्तो गरिएको व्यवस्थापक भट्टराई बताउँछन् । सिमा नजिकका नागरिकहरु सीमा पारि जाने गरेको र भटभटेनीले सीमा पारी भन्दा सस्तोदर गुणस्तरिय समान उपलब्ध गराएको उनी बताउँछन् । भाटभटेनीका काठमाडौं उपत्यकामा १३ सहित देशभर २३ वटा स्टोर छन् ।
प्रतिक्रिया