ताजा अपडेट »

आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल

शनिबार, ०८ असोज २०७९

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अहिलेको गठबन्धन सरकारले आर्थिक वृद्धिदर सकारात्मक बनाउनको लागि ठोस पहल गर्न नसकेको बताए । उनले आगामी निर्वाचन समाजवाद, समृद्धितर्फ लैजाने कि अधोगगीतर्फ लैजाने भन्ने कुराको फैसला गर्ने दिन भएको बताए । उनले भने– ‘आगामी निर्वाचनमा जनताको पक्षमा काम गर्ने प्रतिवद्ध पार्टी नै नेकपा एमाले हो ।’

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ कमिटिको आयोजानमा बुटवलमा भएको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन् ।

पौडेलले जनताको अदालतमा आँट नभकाहरुले सर्वाेच्चमा मुद्दा हालेर देशलाई धरासायी बनाएर ‘ठगबन्धन’को काममा लागेको आरोप लगाए । उनले अब भने जनताले बास्तविक देशलाई माया गर्ने पार्टी चिनेको बताउँदै आगामी चुनावमा एमालेले अत्याधिक बहुमत ल्याउने बताएका छन्।

उनले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनैपनि सकारात्मक काम गर्न नसककको बताए । अहिलेको गठबन्धन नेकपा एमालेलाई एक्लै प्रतिपष्र्धा गर्न नसकेकपछि गरिएको गठबन्धन रहेको भन्दै उनले देशकै सबैभन्दा बलियो पार्टी नेकपा एमाले रहेको भन्दै सरकारमा नै बसेर चुनाव लड्न नसकेपछि गठबन्धन गरिएको बताए । गठबन्धनको सिद्धान्त मिलेर देश लुट्ने र बाँढेर खाने योजनामा रहेको भन्दै उनले गठबन्धनमा कुनै नि एजेन्डा नभएको उल्लेख ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठले आगामी निर्वाचन मा एमालेको बहुमत ल्याउने बताए । यो चुनावमा शत्ता गठबन्धनका विरुद्धमा एमालेको जनलहर सुरुवात भएको भन्दै सोहि अनुसारको तयारी मा पार्टि रहेको बताए । पार्टिको विचार, दृष्टिकोण , अभियानमा टोल टोलमा गएर संगठन विस्तारमम लाग्न समेत अग्रह गरे । चुनावमा जनताको भरोसाको केन्द्र नै नेकपा एमाले रहेको भन्दै उनले कार्यकर्ता लाई जनताको पक्षमा खरोरुपमा लाग्न समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपाएमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगर पालिका उपप्रमुख सावित्रा अर्याल देश विकासको प्रमुख मेरुदण्ड नै नेकपा एमाले भएको बताउदै आगामी चुनावमा बहुमतको साथ जिताउनु पर्ने बताइन् ।

कार्यक्रममा बोल्दै पार्टीका निर्देशन कमिटिका संयोजक राम प्रसाद खरेल पार्टी सदस्यलाई जोड्ने अभियानको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिदै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी र बहुमतको पार्टी बनाउने प्रणसमेत गरे ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटि सदस्य बाबुराम भट्टराई, जिल्ला कमिटि अध्यक्ष तेजेन्द्र केसी, युवा नेता, राज कुमार भट्टराई, पार्टी वडा ६ का उपाध्यक्ष थानेश्वर आचार्य लगायतले आ आप्mनो भनाई राखेका थिए ।