ताजा अपडेट »

चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी

शनिबार, ०८ असोज २०७९

बुटवल । बुटवल –१२ स्थित चारापाला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा एमाले समर्थित जगतनाथ पौडेल निर्वाचित भएका छन् ।
आगामी नेतृत्वको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमाले समर्थित जगतनाथ पौडेलको प्यानलनै निर्वाचित भएको छ।

नेपालकै ठूलो सामुदायिक वनको ९औँ अधिवेशनमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार घनश्याम चालिसेलाई ५ मतले पराजित गर्दै अध्यक्षमा पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले १६४ ल्याउँदा चालिसेले १५९ मत मात्र ल्याउन सके । त्यसैगरी उपाध्यक्षमा रामकुमार १५७ मतका साथ विजयी हुँदा प्रतिष्पर्धीले १५२ मत ल्याए । सचिवमा दुर्गा पाठक पाण्डे १५८ मतका साथ विजयी भएकी छन् । उनका प्रतिष्पर्धी रीता पौडेलले १४८ मत ल्याइन् । सहसचिवमा कमलप्रसाद अधिकारी १४३ मतका साथ विजयी हुँदा उनका प्रतिष्पर्धी रामप्रसाद पाण्डेले १२४ मत ल्याउन सके ।

कोषाध्यक्षमा राजु गौडेल १५५ मतले विजयी भए भने उनका प्रतिष्पर्धी रुद्रप्रसाद शर्माले १३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत प्रकाशमणि खनालले जानकारी दिए ।