ताजा अपडेट »

भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ

शनिबार, ०८ असोज २०७९

तौलिहवा । कपिलवस्तुको शिवराज नगरपालिका ३ बलुहवाबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही शिवराज नगरपालिका ३ बलुहवाका २७ वर्षीय प्रेम थारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

बलुहवाबाट उत्तर जंगलतर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताए। थारुको साथबाट एक नाले भरुवा बन्दुक, प्लाष्टिकको डब्बामा रहेको सयग्राम बारुद र पाँच पिस छर्रासहित प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको हो।