ताजा अपडेट »

सनराइज बैंक लुम्बिनीद्वारा अनाथ बालबालिकालाई सहयोग

शुक्रबार, ०७ असोज २०७९

बुटवल । सनराइज बैंक लिमिटेडको पन्ध्रौं वार्षिक उत्सवको अवसरमा नेपाल अविनाश अनाथ आश्रमलाई खाद्यान्न तथा स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । सनराइज बैंकको लुम्बिनी प्रदेश कार्यालय एवम् योगिकुटी शाखा कार्यालयको सहकार्यमा कार्यक्रम भएको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत करिब ५० हजार बराबरको खाद्यान्न एवम् स्कूल ब्याग वितरण गरेको सनराइज बैंकका लुम्बिनी प्रदेश प्रमुख सुनिल मण्डलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले सनराइज बैंक लुम्बिनी प्रदेश र योगिकुटी शाखाले आश्रममा आएर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै पवित्र कार्यको सबैले प्रेरणा लिनुपर्ने औल्याएँ ।

नेपाल अविनाश अनाथ आश्रमका २० जना अनाथ बालबालिकाको दैनिक खानपानको लागि खाद्यान्न अभाव नहोस् र उनिहरु स्कूल जादा किताब कापी सुरक्षित लैजान सजिलो होस् भनेर आश्रममा कार्यक्रम गरिएको सनराइज बैंक योगिकुटी शाखा प्रबन्धक नविन थापाले बताए ।