ताजा अपडेट »

रुपन्देहीको सैनामैनामा बेवारिसे अवस्थामा २६.५२ क्युफिट काठ फेला

शुक्रबार, ०७ असोज २०७९

बुटवल । रुपन्देहीको सैनामैनामा वेवारिसे अवस्थामा सालको चिरान काठ फेला परेको छ । सैनामैना नगरपालिका–६ शान्तिपुर टोल स्थितको सडकमा बेवारिसे अवस्थामा साल जानका चिरान काठ बुधबार राति फेला परेको हो ।

फेला परेको काठ २३ थान ( २६.५२ क्युफिट) रहेको प्रहरीले जनाएको छ । काठलाई इंगुरिया सामुदायिक वन उपभोक्ता समुहलाई बुझाईएको प्रहरीले जनाएको छ ।