ताजा अपडेट »

शेखर कोइराला पक्षधरको भेला गर्न बैठक जारी

शुक्रबार, ०७ असोज २०७९

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिबार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ।

 विशेषगरी आसन्न निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो । 

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ ।