ताजा अपडेट »

बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३ क्युएफएक्ससहित विश्वभर रिलिज

शुक्रबार, ०७ असोज २०७९

काठमाडौं । प्रेमगीत-३ आजबाट रिलिज भएको छ । विश्वभर विभिन्न भाषामा आजबाट एक साथ बहुप्रतिक्षित फिल्म रिलिज भएको हो ।यो फिल्म क्युएफएक्ससहित विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ रिलिज हुने बताइएपनि नेपालमा भने हिन्दी संस्करणलाई सेन्सर बोर्डको ढिलाईका कारण सोमबारबाट मात्र रिलिज हुने बताइएको छ ।

यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन हुने पहिलो नेपाली फिल्म हो । त्यस्तै, पाकिस्तानमा उर्दू भाषामा नै यो फिल्म रिलिज भएको छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सञ्जय स‌ंक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

भारत र नेपालका शोहरूमा यो फिल्मको टिकट हिजो नै सोल्ड आउट भइसकेको थियो । अहिले हलमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ ।