मंसिर २५,
काठमाडौँ । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ तर उक्त बिदा नेवार र किराँती समुदायका लागि मात्र हुने भएको छ । यस्मरि पुन्ही, उधौली, ज्यापु दिवस, धन्यपूर्णिमाको अवसरमा यी पर्व मनाउने समुदायका लागि बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माका अनुसार सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरिएको हो । क्याबिनेटले सार्वजनिक बिदा नतोकेको र पर्व मनाउनेहरुका लागि मात्रै बिदा दिइएको उनले बताए ।
प्रतिक्रिया