ताजा अपडेट »

अन्तरास्ट्रिय फिल्मको प्रिमिएर, पहिलोपटक बुटवलको क्युएफएक्समा

बुधबार, २५ मंसिर २०७६

मंसिर २५,
ग्लोबल आवाज

बुटवल । हलिउड फिल्म जुमानजी नेक्स्ट लेभलको नेपालमै पहिलो पटक बुटवलको क्युएफएक्स हलमा प्रिमिएर हुने भएको छ । ग्लोबलाइज वितरकको रुपमा रहेको एप्पल ईण्टरटेन्मेण्ट प्रालिले नेपालका लागि सोनी पिक्चर एण्ड युनिभर्सल पिक्चरले बुटवलस्थित भाटभटेनिमा रहेको क्यु एफ एक्स रिगल सिनेमाजमा यहि मङ्सिर २६ गते रेड कार्पेट प्रिमिएर शो गरिने भएको छ ।

फिल्मको बुटवलमा पहिलोपटक यसरी प्रमोशनल इभेन्ट गरिएको एप्पल इण्टरटेन्मेण्टले जानकारी दिएको छ। आउने शुक्रबार डिसेम्बर १३ तारिख अर्थात मङ्सिर २७ गतेदेखि देशभरका हलमा लाग्दै गरेको फिल्म जुमानजी नेक्स्ट लेभलको बिहिबार धुमधाम प्रिमिएर गरिने आयोजकले बताएको छ ।जाके खास्डनको निर्देशनमा बनेको फिल्म जुमनजी नेक्स्ट लेभलमा निर्देशकसँगै एफ्फ पिन्क्नेर र स्कोट रोसेंबेर्गको लेखन रहेको छ ।

फिल्ममा ख्यातिप्राप्त कलाकारहरु ड्वय्ने जोह्न्सों, जैक ब्लैक, केविन हार्ट, करेन गिल्लन, निक जोनस, अव्क्वाफिना लगायतको शसक्त अभिनय रहेको छ । फिल्मको थ्री डि प्रस्तुति रहने बुटवल स्थित भाटभटेनिको क्युएफएक्स हलमा सो प्रिमिएरमा दर्शकको घुइचो लाग्ने हल संचालकको भनाइ छ ।