ताजा अपडेट »

नेसपा बुटवल उपमहानगरको कार्यसमिति पुनर्गठन, अध्यक्षमा सुरज हितान मगर

सोमबार, ०३ असोज २०७९

बुटवल । नेपाल समाजवादी पार्टी, बुटबल उपमहानगरपालिका कार्यसमिति पुनर्गठन भएको छ । सोमबार नेसपा लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रिय सदस्य कमल खनालको प्रमुख आतिथ्यता, केन्द्रियहरु सदस्य पन्कज राई, शुशी पुलामी र हरि घर्तिमगरको आतिथ्यतामा बसेको बैठकले बामदेव भुसाल अध्यक्ष रहेको पुरानो कार्य समिती पुनर्गठन भएको हो।

पुनर्गठित कार्यसमितिको अध्यक्षमा सुरज हितान चयन भएका छन् । जसको उपाध्यक्षमा नविना गैरे सार्की,टिकाराम पौडेल,कृष्ण भुसाल, सचीवमा बिष्णु खत्री,कोषाध्यक्षमा कुमारी नेपाली सार्की, सह-सचिवमा दिनेश केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण पाण्डे,लक्ष्मी पोख्रेल,गङ्गा बुढामगर,रुद्र प्रसाद गिरी,पवन राई समेत चयन भएका छन् ।

पुनर्गठित कार्यसमितिको पहिलो बैठकले नगरका विभिन्न वडा समिती असौज १५ गते सम्म गठन गर्न, केन्द्रिय समिती,प्रदेश समिती, जिल्ला समिति र प्रदेश समितिका विभिन्न पदाधिकारी एवं सद्स्यहरुलाई जिम्मेवारी बाडफाड गरि संयोजक तोकेको छ ।