ताजा अपडेट »

साफ च्याम्पियनसिप उपाधि भिडन्तमा नेपाल र बंगलादेश [तस्बिरहरू]

सोमबार, ०३ असोज २०७९

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा रहेका छन् ।

यो समाचार तयार पार्दासम्म सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको छ ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।