बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संवैधानिक व्यवस्था विश्वका अगाडि नमूना सावित गर्नु अबको दायित्व भएको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै प्रदेश प्रमुख शेरचनले नेपालको आफ्नै मौलिकतामा आधारित समाजवाद उन्मुख संवैधानिक व्यवस्था विश्वका अगाडि नमूना सावित गर्न सक्नु पर्ने दायित्व अब रहेको बताएका हुन् ।
यस्तै समावेशी समानुपातिक प्रणालीसहितको तीन तहको सरकार निर्माण गर्न पाउने अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र विश्वका कुनै पनि देशमा पाउन नसकिने दाबी गरे । संघ प्रदेश र स्थानिय तहमा जनादेश प्राप्त तिनै तहका सरकारहरु आ आफनो तहमा निरन्तर कुयाशील रहेका र प्राप्त जनादेश अनुरूप खडा भएका यी संस्थाहरूले सुशासन र भ्रष्टचाररहित गुणस्तरीय सेवा प्रवाहको माध्यमबाट संविधानको कार्यान्वयन गर्दै देशमा संघात्मक शासन व्यवस्थाको जगलाई बलियो बनाउदै जानू पर्ने बताए ।
संविधान दिवस जस्तो महत्वपूर्ण दिनले सबैलाई आ-आफ्नो कमी कमजोरीहरूको आत्मसमीक्षा र आत्मआलोचित हुँदै सामूहिक सुधार गरेर प्रभावकारितका साथ अगाडि बढ्न थप प्रेरित गर्ने छ भन्ने विश्वास आफुले लिएको बताए ।
प्रतिक्रिया