ताजा अपडेट »

जिल्ला वनको सहयोगमा पाल्पाको निस्दीमा वनमै केरा खेती

बुधबार, २५ मंसिर २०७६

मंसिर २५,

ग्लोबल आवाज

पाल्पा । पाल्पाको पुर्वी भेगमा रहेको निस्दी गाउँपालिकाको ज्यामीरेका २५ घरका स्थानीयहरुले जिल्ला वन कार्यालय पाल्पाको सहयोग लिएर १७ हेक्टर वनमा भएको वन मारा फडानी गरेर ब्यावसायीक केरा खेतीबाट मनग्य आम्दानी गर्न समेत सफल भएका छन ।

पाल्पाको निस्दी गाउँ पालिकाज्यामिरेमा खोरिया जंगलमा केरा खेती गरिएको छ । निस्दी गाउँपालिका वडा नं. ७ ज्यामिरेका किसानहरुले अहिले खोरिया जंगलमा लगाएको केरा खेतीबाट जिल्लाको पूर्वी भेगमा रहेको दुर्गम गाउँ ज्यामिरे मल ग्रामका २५ घरका स्थानीयहरु कबिलियति वन कार्यक्रम मार्फत १७ हेक्टर वन जंगल क्षेत्रमा केरा खेती गर्न सफल भएका हुन् ।खोरिया फाँडेर केराखेति गर्नका लागि जिल्ला वन कार्यालय र कबुलियिति वन कार्यक्रम मार्फत सहयोग गरिएको जिल्ला वन कार्यलय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए ।

सरकारले त्यसै खेर गएको जमिन, पाखोलाई कबुलियति वन विकासका लागि स्थानीयलाई हस्तान्तरण गरे संगै मलग्रामका स्थानीयहरुले खोरिया बाँझो रुखो जंगल क्षेत्रमा २५ हजार केराको बोट लगाएका छन्, केराखेती र कबुलियति वन कार्यक्रमले यस क्षेत्रको स्थानीयको दिनचार्य र जीवनशैलीमा समेत सुधार आएको समूहका अध्यक्ष रमण बहादुर सारुले भने, अहिले डाँडैभरी केरा फलेको देख्दा काममा समेत उत्साह थपिएको छ गौडादी र टोक्लाक्दी का २७ घर परिवार मिलेर कबुलियति वन समूहमा आवद्ध भएर सामुहिक रुपमा केरा खेती गरेका छन्, लगाएको एक वर्षमा नै ३ लाख बढी आम्दानी गर्न समेत सफल भएका स्थानीय उपभोक्ता पुनिसरी सारु बताए ।

नाँगो र रुखो जमिनमा समेत केरा खेती हुदा वन पर्यटन र समृद्धिका लागि ज्यामिरेको यो ठाउँ नेपालकै नमुनाका रुपमा १ लाखको कबुलियति वन पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।