ताजा अपडेट »

बढ्यो सुनको मूल्य

आइतबार, ०२ असोज २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।