बुटवल । गरिबी निवारणका लागि अति उपयोगी हुने सहकारीहरुले पछिल्लो समयमा नामअनुसार काम गर्न नसक्दा समस्या र चुनौती थपिन थालेका छन् । सहकारीहरुले रोजगारी श्रृजनागर्न र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको एक कार्यक्रममावोल्ने वक्ताहरुले जोड दिएका छन्।
रुपन्देहीको तिलोत्तमा १ डाईभरटोलमा संचालित विकास बहुउद्देश्यीय सहकारी संस्थाको ३४ औ वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले सहकारीमा आवद्ध शेयर सदस्यहरु गम्भिर हुन आग्रह गरेका छन् । कार्यक्रममा सहकारीका संरक्षक रोमणी प्रसाद पाठकले सहकारीवाट शेयर सदस्यहरुले लैजाने ऋणलाई उद्योग व्यापारका क्षेत्रमा लगानी गरि उत्पादन गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण प्रसादन्यौपानेले सहकारीमा शेयर सदस्यहरुले आफनो खर्च कटाएर गरेको बचतलाई रोजगारी श्रृजना र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जरुरी रेहेकोे बताए । उनले रोजगारी र उत्पादनविना गरिने लगानी फलदायी नहुने हुँदा सहकारी संचालकहरु यो सवालमा गम्भिर हुन आग्रह गरे ।
रुपन्देहीको तिलोत्तमा १ डाईभरटोलमा संचालित विकास बहुउद्देश्यीय सहकारी संस्था कार्यबहाक अध्यक्ष कलाधर पाण्डेले आर्थिक वर्ष २०७८ /७९मा ६९ करोड ३५ लाख७८ हजार रुपैया ऋण लगानी गरेकोमा ६६ करोड बढी असुली गरेको बताए ।
कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष नेत्र प्रसाद पाठक,शेयर सदस्य केशवराज न्यौपाने, सामुहिक बचत सहकारीकाअध्यक्ष सुरेन्द्र कुमार वर्मा लगाएतले सहकारीका शेयर सदस्यहरु सहकारीका मालिक भएकाले शेयर सदस्यहरुले आफनो सहकारीमा के भएको छ , लगानी सुरक्षित भए,नभएको वारेमा समेत गम्भिर हुन जरुरी रहेको औंल्याएँ।
सहकारीले आफनो वार्षिक उत्सवकाअवसरमा सहकारीका ८० वर्ष माथिका वृद्ध वृद्धाहरुलाई सम्मान र शैक्षिक क्षेत्रमा विद्यावारिधीतथा मास्टर डिग्री हासिल गरेका शेयर सदस्यका छोरो छारीलाई समान्न गरेको सचिव मित्रबन्धु न्यौपानेले बताए। साधारण सभाले कोषध्यक्ष भगवती वस्यालले प्रस्तुत गर्नु भएको आय व्ययको वार्षिक प्रतिवेदन र संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेकोे वार्षिक प्रतिवेदन छलफल सहितपारित भएको छ ।
त्यस्तै सहकारीको शनिवार नै भएको उपनिर्वाचनवाट कार्यबहाक अध्यक्ष कलाधर पाण्डे अध्यक्षमा, वर्तमान सचिवमित्रबन्धु न्यौपाने उपाध्यक्षमा निर्वाचित भएका छन् । खाली रहेको सचिवपदमा पछि संचालक समितिले मनोनयन गर्ने छ । त्यस्तै संचालक समितिको सदस्यमा रामचन्द्र भुसाल, प्रकाश न्यौपाने, र चिन्ता कंडेल भण्डारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया