ताजा अपडेट »

१३ औं सागको समापन हुँदै, फुटवलमा नेपाललाई स्वर्ण

मंगलबार, २४ मंसिर २०७६


मंसिर २४,
ग्लोबल आवाज
काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जित्न सफल भएको छ । दशंरथ रगंशालामा आज भएको नेपाल र भुटानबिचको खेलमा नेपाल २–१ विजयी भएको हो । नेपालका लागि खेलको पहिलो हाफको १६ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए भने ३७ औँ मिनेटमा भुटानका चेन्चो ग्याल्सेले गोल गर्दै पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

त्यस्तै दोस्रो हाफको ८ औँ मिनेटमा सुनिल बलले थप एक गोल गरेका थिए । जितसँगै नेपालले स्वर्ण पदक जितेको हो भने भुटान रजत पदकमा चित बुझाउन परेको छ । सागको जारी संस्करणमा नेपाल र भुटानबीच दोस्रो पटक प्रतिश्पर्धा भएको हो । अघिल्लो खेलमा नेपालले भुटानमाथि ४–० को जित हासिल गरेको थियो । यस्तै १३ संस्करणको साग आजबाट समापन हुँदै छ ।

समापन कार्यक्रमलाई प्रधानमन्त्री केपि शर्मा ओलीले ओलीले टेलिप्रिजेन्समार्फत् सम्बोधन गर्ने छन् ।