ताजा अपडेट »

विद्युत प्राधिकरणमा ५ सय २२ जनालाई अवसर

शुक्रबार, ३१ भदौ २०७९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो । 

प्राधिकरणले २०७९ असोज २७ गतेसम्म फारम भर्ने समय तोकेर ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।