बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक कुमार शेरचनले कृषिको विकास विना आर्थिक समृद्धिको परिकल्पना गर्न नसक्ने बताएका छन् । हेफर ईन्टरनेशनको आयोजानमा लुम्बिनीमा भएको उद्यमी सामाजिक उत्सव, पुरस्कार तथा सावारी साधान वितरण कार्यक्रमलाई संवोधन गर्दै प्रदेश प्रमुख शेरचनले कृषिबाट नै देश समृद्धिको परिकल्पना गर्न सकिने भन्दै सोही अनुसारको योजना विकास गर्नुको विकल्प समेत नभएको बताएका हुन ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले कृषि तथा पशुपालन क्षेत्रबाट किसानहरुको साथै देशले समेत आर्थिक उपार्जनमा महत्पूर्ण भुमिका खेल्ने भन्दै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै हेफर ईन्टरनेशनल नेपालका कन्ट्री डाईरेक्टर शुभनारायण महतोले कृषि तथा पशुपालन क्षेत्रमा हेफरको योगदान उच्चतम रहेको बताए । यस्तै हेफर ईन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष महेन्द्र लोहोनीले किसानहरुको सहभागीतमा चेन रुपमा महिला उद्यमी विकास, समुह सहकारी मार्फ देशै भरी नै उत्साह थप्न योजना सफल भएको बताए । कार्यक्रम निर्देश डा. तिर्थ रेग्मीले २५ जनाको समुहबाट सुरुवात भएको हेफरको नेपाल अभियान हाल साढे ४ लाखमा विस्तार भएको बताए । २५५ वटा सहकारीको मुल्याङ्कन र वार्षिक प्रगतिका आधारमा एक सहकारीलाई राष्ट्रियस्तरको पुरस्कार र तीन वटा सहकारीले क्षेत्रिय स्तरको पुरस्कारका लागि छनौट भएका छन् ।
दाङ्ग जिल्लाको लमही नगरपालिका वडा नं. ९ मा अवस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ३ लाख नगद र सम्मान पत्र सहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेको छ । सिन्धुली जिल्लाको धौली नगरपालिका वडा नं. ८ मा अवस्थित प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्थाल लिमिटेड, कास्की जिल्लाको माछापुच्छे गाउँपालिकामा अवस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित विहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडहरुले १ लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेका छन ।
विहिबार लुम्विनीको अन्तराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिएको ‘महिला सामाजिक उद्यमी उत्सव’ मा देशभरका विभिन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाहरुबाट ४५०० महिला सहभागि भएका थिए । जसमा उत्कृष्ट छनौट भएका सहकारीहरु पुरस्कृत भएका छन् । सामाजिक उद्यमी महिला सञ्चालन सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपाने, पुर्व मन्त्री कोकर्ण विष्ट, देवेन्द्रराज कंडेल, प्रदेश सांसद भुमिश्वर ढकाल, निर्मला क्षेत्री लगायततका नेताहरुले आ आफ्नो भनाई राखेका थिए । हेफरको सेवा नेपालमा २५५ सहकारीमा आवद्ध भएका ३ लाख १४ हजार साना कृषकहरूको प्रतिनिधित्व गर्ने संस्था भएको छ । आगामी वर्ष सन् २०२३ सम्ममा ४ लाख सदस्यहरुका बीच पुग्ने लक्ष्य रहेको हेफर प्रतिनिधिले जनाएका छन् ।
हेफर नेपाल इस्वी संवत् १९९७ देखी नेपालका ४३ भन्दा बढी जिल्लामा निरन्तर काम गर्दै आएको छ । हेफरले २५५ वटा सहकारीको संस्थागत तथा क्षमता विकासमा सहयोग गर्दै आएको छ । साना किसानहरुका सहकारीहरुले १६० वटा संकलन केन्द्र तथा ४७८ वटा उपकेन्द्रहरु निर्माण गरेका छन । साना किसानले उत्पादन गरेका कृषि तथा पशु उपजको बजारिकरणका र बजार पहुँचको सुनिश्चितताका लागि ७७ वटा सहकारीले हेफरका सहयोगमा साधन संचालनमा ल्याएका छन र थप ३२ वटा सहकारीलाई थप ३२ वटा ढुवानीका साधन सहयोग प्राप्त गरेका छन ।
प्रतिक्रिया