ताजा अपडेट »

सुनको मूल्यमा २ सयले गिरावट

बुधबार, २३ माघ २०७५

माघ २३,

काठमाडौं । बुधवार सुनको मूल्यमा २ सयले गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलमा ६२ हजार ४ सयमा कारोबार भइरहेको छ । 

मंगलबार सुनको भाउ ६२ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ६२ हजार १ सयमा कारोबार भइरहेको छ।  

महासंघका अनुसार चाँदी आज तोलमा ७ सय ८० मा कारोबार भइरहेको छ।  आज चाँदी तोलमा ५ रुपैयाँले गिरावत आएको हो ।