ताजा अपडेट »

गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

सोमबार, २७ भदौ २०७९

काठमाण्डौं । सत्तारुढ पाँच दलीय  गठबन्धनका  शीर्ष  नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार  गर्न  शीर्ष  नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ  खनालका अनुसार सिट  बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ । कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न  बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।