बुटवल । नेकपा समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमाले प्रवेश गरेका छन् । समाजवादीका पूर्व जिल्ला ईन्चार्ज समेत रहेका चापागाई एमाले प्रवेश गरेपछि रुपन्देहीमा ठूलो क्षति व्यहोर्नु परेको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन दलभित्र रुपन्देही क्षेत्र नम्बर २ दाबी गर्दै आएको समाजवादीलाई सोही क्षेत्रका प्रभावशाली नेताले पार्टी परित्याग गर्दा क्षति व्यहोर्नु परेको हो । केही समयअघि चापागाईलाई हटाएर राजु गुरुङलाई पार्टीले रुपन्देही इन्चार्ज बनाएपछि समाजवादी भित्र मनमुटाव सुरु भएको थियो । एमाले अध्यक्ष केपी शमा ओलीले आइतबार विहान उनलाई खादा र टिका लगाएर पार्टी प्रवेश गराइएको एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया