बुटवल । नेपाल समाजवादी पार्टी रुपन्देहीले असाेज ५ गतेसम्म १६ वटै स्थानीय तहमा संगठन गठन तथा पुनर्गठन गर्ने भएको छ । शनिबार बसेको पदाधिकारीको बैठकले संगठन निर्माणकाे लागि १० दिने अभियान नारा दिएर सबै स्थानीय तहमा पार्टीका नेताहरूकाे कार्य बिभाजन गरि संगठन निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लाका १६ पालिकामा संगठन गठन तथा पुर्गठन गर्न पार्टीका नेतालाई जिम्मेवारी दिएको छ । सिद्धाथनगर नगरपालिकामा रबिना भण्डारी, बिमाल बिक र नितु पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकामा पुरन यादव, शुद्वाेधन गाउँपालिकामा ऋषि पाठक, मायादेवीमा किस्मत बि क र बिमला बिक, काेटहिमाईमा राजेन्द्र यादव (पहलवान), मर्चवारीमा राजकुमार यादव, समरीमाईमा जितेन्द्र नाथ शुक्ला (रिन्कु), ओमसतियामा बिरेन्द्र यादव , सुनिता थारूलाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष किस्मत बिकले जानकारी दिए ।
यस्तै सियारीमा दुर्गेश यादव, राेहणीमा जमिल अहमद (गौरव),
देवदह नगरपालिकामा रमेश पाण्डे र ईस्लाम अली, बुटवल उप महानगरपालिकामा बामदेव भुषाल, सैनामैना नगरपालिकामा दुर्गा थापा कन्चन गाउँपालिकामा साेमनाथ शर्मा, गैडहवा गाउँपालिकामा पुरन यादवलाई जिम्मेवारी दिएको अध्यक्ष बिकले बताए । जिल्ला पार्टी कार्यालय व्यवस्थापन गर्न जिल्ला इन्चार्ज देवेन्द्र पाण्डेय (सागर), जिल्ला अध्यक्ष किस्मत विश्वकर्मा, केन्द्रीय सदस्य द्वय रविना भण्डारी, विमला विश्वकर्मा लाई जिम्मेवारी तोकेको जानकरी जिल्ला सचिव दुर्गेश यादवले जानकारी दिए ।
प्रतिक्रिया