काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)लगायत निजी दुग्ध उद्योगलाई दूधको अभाव भएको छ । दूध सङ्कलन कम भएका कारण अहिले बजारमा दूध र दुग्धजन्य पदार्थको बिक्री ४० प्रतिशत कटौती भएको ती उद्योगले जनाएका छन् ।
मुलुकभर दैनिक डेढ लाख लिटर दूध अभाव रहेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । डीडीसीलाई मात्रै दैनिक ४०–५० हजार लिटर दूधको अभाव छ ।
डीडीसीका महाप्रबन्धक सञ्जीव झाले अहिले दूधको अभाव हुँदा घिउ तथा बटर उत्पादन पूर्ण रूपमा बन्द रहको जानकारी दिए । “चाडपर्व सुरु भइसकेको छ तर बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थ पु(याउन सकेको छैन,” उनले भने ।
दूधमा आत्मनिर्भर हुँदै गएको र स्वदेशमा पनि धुलो दूध पर्याप्त उत्पादन भइरहेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षअघि धुलो दूध आयातमा रोक लगाएको थियो । यो अहिले पनि कायमै छ ।
केही वर्षअघि फल्स सिजन ९बढी दूध उत्पादन हुने समय साउनदेखि फागुनसम्म०मा बजारको मागभन्दा बढी हुने दूधबाट डीडीसीलगायत निजी उद्योगले धुलो दूध उत्पादन गर्थे । यो धुलो दूधबाट ती उद्योगले लिन सिजन ९दूध कम उत्पादन हुने समय चैतदेखि असारसम्म०मा दूध उत्पादन गर्थे । यसबाट फल्स सिजनमा मिल्क होलिडे गर्नुपर्ने बाध्यता र लिन सिजनमा दूधको अभाव हुने समस्या पूर्ण रूपमा अन्त्य भएको थियो ।
त्यतिबेला धुलो दूध कारखानाले उत्पादन क्षमता वृद्धि गर्नुका साथै नयाँ कारखाना पनि खुलेका थिए । लगभग दूधमा आत्मनिर्भर नै भइसकेको अवस्थाबाट अहिले अभावको अवस्थामा आइपुगेको डेरी उद्योगले जनाएका छन् ।
कोभिड–१९ महामारीका कारण पशुको दाना, चोकर र आहार आदिको अभाव हुँदा दूध उत्पादन घटेको बताइको छ । कच्चा दूधको अभावका कारण बजारमा मागअनुसार दूध तथा दुग्धजन्य पदार्थको माग पूरा गर्न नसकेको भन्दै डेरी उद्योग सङ्घले केही समयका लागि भए पनि भारतबाट कच्चा दूध आयात खुला गर्न माग गरेको छ ।
डीडीसी तथा निजी डेरी उद्योगले आन्तरिक बजार धान्नका लागि भारतबाट कच्चापदार्थका रूपमा झोल दूध आयात गर्ने व्यवस्था मिलाइदिन गत वर्ष कृषि मन्त्रालयलाई आग्रह गरेका थिए ।
यसै विषयमा अध्ययन गर्न मन्त्रालयबाट गठित समितिले पनि भारतबाट केही समयका लागि झोल दूध ल्याउन सुझाव दिएको थियो तर मन्त्रालयले हालसम्म कुनै पहल नगरेको सङ्घका अध्यक्ष राजकुमार दाहालले गुनासो गरे ।
दूधको अभावमा लगभग ४० प्रतिशतसम्म बिक्री वितरण कटौती गर्नुपरेको र पनीर, घिउ, आइसक्रिम जस्ता दुग्धजन्य वस्तु उत्पादन नै ठप्प गर्नुपर्ने स्थिति सिर्जना भएको उनले बताए ।
कच्चा दूधको अभाव अझ एकरदुई वर्ष रहने अवस्था देखिएको बताउँदै अध्यक्ष दाहालले दीर्घकालीन रूपमा दूधको समस्या समाधान गर्न कार्यक्रम ल्याउनसमेत मन्त्रालयलाई ध्यानाकर्षण गराएक छन् ।-गोरखापत्र
प्रतिक्रिया