ताजा अपडेट »

प्रचण्ड गुल्मी–१ बाट पनि उमेदवार सिफारिस

शुक्रबार, २४ भदौ २०७९

प्रेम सुनार गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) गुल्मी १ बाट पनि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस भएका छन् । शुक्रबार गुल्मी क्षेत्र नम्वर १ को क्षेत्रिय कमिटी बैठकले अध्यक्ष प्रचण्डलाई उमेदवार सिफारिस गरेको सो पार्टीका गुल्मी जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।

उनका अनुसार प्रचण्ड सहित पोलिब्युरो सदस्य लक्ष्मण पन्त , प्रदेश कमिटी सदस्य पुनाराम ज्ञवाली पनि प्रतिनिधि सभा निर्वाचनको उमेदवार सिफारिसमा परेका छन् । त्यस्तै उक्र निर्वाचन क्षेत्रको प्रदेश क मा सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बराल , केन्द्रिय सदस्य श्रृजना तरामु मगर , र कालिगण्डकी गाउँपालिका अध्यक्ष लिलबहादुर केसी प्रदेश सदस्य उमेदवारमा सिफारिस भएका छन् ।

त्यस्तै प्रदेश ख बाट जिल्ला पार्टी सचिव अशोक थापा ( मुक्ती ) जिल्ला सदस्य रामचन्द्र कँडेल, र वाईसियल अध्यक्ष अशोक श्रेष्ठ सिफारिसमा परेका छन् । यता क्षेत्र नम्वर २ मा संघिय निर्वाचनका लागि भिमकान्त भण्डारी , बीरबहादुर काकी र निमबहादुर पाण्डे सिफारिस भएका छन् । त्यस क्षेत्रको प्रदेश क मा खुमबहादुर थापा , ठाकुर पाण्डे र दुर्गा बिक सिफारिस भएका छन्।

प्रदेश १ बाट बुद्धि जिसी , विनिता रोका पोखरेल र गोपाल कुँवर सिफारिस भएका छन् । सिफारिसमा अन्य नेताहरु परे पनि त्यस क्षेत्रको संघमा भिमकान्त भण्डारी र प्रदेशमा बुद्धि जिसी चुनावी मैदानमा खडा हुने र लामो समय देखि त्यस क्षेत्रमा चुनाव जित्दै आएका एमाले नेता गोकर्ण बिष्टलाई टक्कर दिने उमेदवार उनिहरु नै भएको चर्चा सुरु भएको छ ।

क्षेत्र नम्वर १ मा प्रचण्ड सिफारिस भए पन शंकर भण्डारी चुनावी मैदानमा आउन सक्ने र प्रदेश क मा सुदर्शन बराल निश्चित भएको भन्दै उनलाई लुम्बिीनी प्रदेशको भावी मुख्यमन्त्रीका रुपमा समेत चर्चा गर्न थालिएको छ ।