काठमाण्डौं । सरकारले चालू आर्थिक वर्षमा केही वस्तुमा लगाइएका करको दरलाई हेरफेर गरेको छ । आर्थिक ऐनमा टेकेर अर्थमन्त्री शर्मा आफैंले बनाएको बजेट ३ महिनामै चलाएका हुन् । बजेट निर्माणका बेला अर्थमन्त्रीसँग नजिक रहेको केही उद्योगी र व्यवसायीलाई ‘पोस्ने’ गरी करका दर हेरफेर गरेको भनेर चौतर्फी विरोध भएको थियो । बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी तेल, प्याड र वायरलगायतका वस्तुमा करको दर परिवर्तन गरिएको छ ।
फलामे डन्डीको भन्सार महशुल ५ प्रतिशत कायम गरिएको छ । यसअघि १० प्रतिशत थियो । सेनेटरी प्याडको कच्चा पदार्थ आयात अन्तशुल्क नलाग्ने व्यवस्था भएको छ । तेल, घ्यू, पाम तेल र सूर्यमुखी तेलको कच्चा पदार्थ आयात गर्दा भन्सारमा ९० प्रतिशत छुट दिने प्रावधान राखिएको छ ।
प्रतिक्रिया