काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’को स्मृतिमा प्रकाशित स्मृतिमा वीरजङ्ग नामक ग्रन्थ काठमाडौंमा एक कार्यक्रमका साथ लोकार्पण गरिएको छ ।
नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले ग्रन्थको लोकार्पण गर्दै क्रान्तिकारी आन्दोलनमा वीरजङ्ग जस्तो ईमानदार र निडर नेतृत्वको आवश्यकता सधैं खड्कने बताएका छन् ।
राज्य प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा पक्राउ परेका वीरजङ्गलाई राज्यले अमानवीय व्यवहार गरेको बताउदै यसको जवाफ क्रान्तिबाट दिने उद्घोष गरेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल(आहुती),क्रान्तिकारी माओवादीका पिविएम चन्द्रहरी सुवेदी,नेकपा माओवादी समाजवादीका सचिव अरुण घिसिङ्,जनअधिकार अभियान नेपालका अध्यक्ष तथा बरिस्ठ अधिवक्ता एकराज भण्डारी,वीरजङ्गका भाइ तथा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द लगायतले वीरजङ्गको राजनीतिक,सामाजिक लगायत विविध पक्षका बारेमा धारणा राखेका थिए ।
नेकपा केन्द्रीय सदस्य तथा ग्रन्थ प्रकाशन समितिका संयोजक अनिल विरहीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाशन समितिका सदस्य प्रकाश डुम्रेले सञ्चालन गरेका थिए । ग्रन्थ २५० पेजको रहेको छ । ग्रन्थमा ३ खण्ड रहेको र खण्ड खण्डमा लेख,रचना,तस्बिर र वीरजङ्गको डायरी खण्ड समेटिएको डुम्रेले बताए ।
प्रतिक्रिया