ताजा अपडेट »

१३ औँ सागः फुटवलमा नेपाल भारतसँग २–० ले पराजित

सोमबार, २३ मंसिर २०७६

मंसिर २३,
ग्लोबल आवाज

पोखरा । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल भारतसँग २–० ले पराजित भएको छ । आज पोखरामा भएको फाइनल खेलमा जितसँगै भारतले स्र्वण जितेको छ भने नेपाल रजत पदकमा सिमित भएको छ ।

खेलमा भारतले सुरुदेखि नै अग्रता लिएको थियो । भारतका लागि पहिलो हाफको १८ औं मिनेटमा बाला देवीले पहिलो गोल गरेको थिइन् । देवीले ५५ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफसम्म १–० ले पछि परेको नेपालले खेल अवधिभर गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न भने सकेको थिएन् । भारतसँग २–० गोल अन्तरले पराजित भएपछि स्वर्ण जित्ने नेपालको सपना अधुरो भएको छ ।