ताजा अपडेट »

आगामी निर्वाचनमा श्रमिक वर्गको अनिवार्य प्रतिनिधित्व गराउन ध्यानाकर्षण

विहीबार, २३ भदौ २०७९

बुटवल । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) लुम्बिनी प्रदेश कमिटिले आगामी मंसर ४ गते हुन लागेको प्रदेश र संघीय निर्वाचनमा श्रमिक वर्गको प्रतिनित्व अनिवार्य गर्नुपर्ने भन्दै पार्टीलाई ध्यानआर्कषण पत्र बुझाएको छ । स्थानीय तहको निर्वाचनमा पनि १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व हुनुपर्ने माग राखेको जिफन्टले प्रदेश र संघीय निर्वाचनमा पनि उम्मेदवार छनोट गर्दा १० प्रतिशत श्रमिक बर्गका हुनुपर्ने भन्दै एमाले लुम्बिनी पार्टी कमिटिलाई ध्यानआर्कषण पत्र बुझाएको जिफन्ट प्रदेश कमिटि अध्यक्ष हुमाकान्त काफ्लेले बताए ।

ध्यानआर्कषण पत्र एमाले प्रदेश अध्यक्ष रामकृष्ण कंडेललाई जिफन्ट लुम्बिनी प्रदेश कमिटिले बुझाएको हो । जिफन्ट लुम्बिनीका सचिव सन्तोष केसीले नेकपा एमाले श्रमिक वर्गको पक्षमा रहेको भन्दै नामावली सिफारिसदेखि उम्मेदवार छनोट गर्दा श्रमिकको प्रतिनिधत्व माग गर्दै अध्यक्ष कंडेललाई ध्यानआर्कषण पत्र बुझाएको बताए । संघीय निर्वाचनमा एमाले केन्द्रीय सदस्य तथा जिफन्ट उपाध्यक्ष कमल गौतम र श्रम तथा रोजगार विभाग सचिव एवं जिफन्ट उपाध्यक्ष जनक चौधरी प्रतिनिधीको रुपमा समानुपातिक तर्फको उम्मेदवार सिफारिस भएका छन् । लुम्बिनी प्रदेशसभाका लागि पनि प्रत्येक्ष र समानुपातिक मा १० प्रतिशत प्रतिनिधित्व हुने गरि नामावली दिइएको छ ।