बुटवल । रुपन्देहिको तिलोत्तमा नगरपालिकाले सडक तथा सार्वजनिक ठाउँका अवैध संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मँगलबार एक सूचना जारी गर्दै आगामी असोज ५ गते भित्र अवैध संरचना र सामग्री हटाउन नगरबासीमा आह्वान गरेक हो ।
'तिलोत्तमा नगरपालिका भित्रका सडक तथा फुटपाथहरुमा अनधिकृत संरचना निर्माण गरेको र सामग्रीहरु राख्ने गरेको पाइएकोले नियम विपरित निर्माण गरिएका छाप्रा तथा टहरा, फुटपाथमा राखिएका सामग्रीहरु र सडक किनार तथा फुटपाथमा रहेका निर्माण सामग्रीहरु २०७१ साल आश्विन ५ गते भित्रमा हटाई व्यवस्थित नगर बनाउने अभियानमा सहयोग गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।'-सूचनामा अघि लेखिएको छ- 'तोकिएको समयमा टहरा तथा सामग्रीहरु नहटाइएको पाइएमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा अनुरोध छ ।'
प्रतिक्रिया