ताजा अपडेट »

नेसपाले गर्‍यो रुपन्देहीका ५ वटै क्षेत्रमा उम्मेद्वारको सिफारिस, रुपन्देही २ मा विश्वदिप

विहीबार, २३ भदौ २०७९

बुटवल । नेपाल समाजवादी पार्टीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वारको नाम सिफासिर गरेको छ । पार्टीको विहीबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरेको हो ।

वैठकले रुपन्देही क्षेत्र नम्बर १ मा रमेश पाण्डेको नाम सिफारिस गरेको छ । प्रदेशसभा तर्फ रमेश पाण्डे (क) र देबेन्द्र पाण्डे (ख) मा सिफारिस भएका छन् । रुपन्देही २ मा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका पूर्व स्वकीय सचिव विश्वदिप पाण्डेसहित ४ जनाको नाम सिफारिस भएको जिल्ला अध्यक्ष किस्मत विकले बताए ।

यस क्षेत्रबाट पाण्डेसँगै कमल खनाल, यज्ञ पोखरेल, हरि धर्तिको नाम सिफासिर भएको छ । प्रदेशसभातर्फ बिमल गिरि र नारयण नागिला (क) मा र पंकज राई र बामदेव भुषाल (ख) बाट सिफारिस भएका छन् । रुपन्देही ३ मा प्रतिनिधिसभामा पदम बि.क.को नाम सिफारिस भएको जिल्ला अध्यक्ष वि.क.ले बताए । प्रदेशसभातर्फ रबिना शर्मा र गणेश कुमारी बि.क.(क) मा र (ख) क्षेत्रबाट ऋषि पाठक, बिपिन्न कुर्मी र तपेन्दर पटेल सिफारिस भएका छन् ।

रुपन्देही ४ मा उमशंकर यादव र प्रदेशसभा तर्फ (क) मा जितेन्द्र केवट र जितेन्द्र नाथ (ख) किस्मत बि क र नन्दलाल जयसवालको नाम सिफारिस भएको छ । रुपन्देही ५ मा सोमनाथको नाम सिफारिस भएको छ भने प्रदेशसभा तर्फ (क) मा दुर्गा थापा र (ख) हरि खडका र बिरेन्द यादवको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष वि.क.ले बताए ।