ताजा अपडेट »

एमालेमा प्रवेश गरेका गैडहवाका पूर्वअध्यक्ष केवट जसपामै फर्के

विहीबार, २३ भदौ २०७९

भैरहवा । जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा गैडहवा गाउँपालिकाको निवर्तमान अध्यक्ष बच्चुलाल केवट जनता समाजवादीमै फर्किएको बताएका छन । केवटले प्रेस विज्ञप्ति जारी गर्दै जसपा मै फर्किएको जनाएका हुन ।

‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेका थिए । पछि आत्मगलानी भयो । ’ उनले बिज्ञप्तीमा लेखेका छन ‘पार्टीको कार्यकर्ता र नेतृत्वको सदसयता देखेर पुनस् घर (पार्टीमा) फर्किएको छु ।’ उनले आफुले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन । उनले अबका दिनमा जसपामै सकृय भएर लाग्ने समेत प्रतिवद्द्ता जनाएका छन । गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका केवट बुधबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।