भैरहवा । जनता समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा लक्षित उम्मेदवारहरुको नाम सिफारीस गरेको छ ।
भदौ १९ गते बसेको जसपाको निर्वाचन क्षेत्र–३ समन्वय समितिको बैठकले प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ महेन्द्र यादव, सुमन शर्मा रायमाझी र ओम प्रकाश यादव (गुल्जारी) लाई सिफारिस गरेको छ ।
महेन्द्र यादव पार्टीका केन्द्रिय सदस्य हुन । यस्तै सुमन शर्मा रायमाझी लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्री हुन् भने गुल्जारी पूर्व कृषि राज्यमन्त्री रहि सकेका छन् ।
बैठकले प्रदेश सभा क को लागि प्रत्यक्ष तर्फ मोहम्मद अली फकिर र रवि कुमार रौनियारलाई सिफारीस गर्ने निर्णय गरेको क्षेत्रिय समन्वय समितिका अध्यक्ष जावेद आलमले जानकारी दिए । यसै गरि प्रदेश सभा ख का लागि प्रत्यक्षबाट जय शंकर पाठक र सुरेन्द्र धवललाई जसपाले क्षेत्रिय समन्वय समितिले सिफारिस गरेको छ ।
प्रतिनिधि सभाको समानुपातिकमा मधेशीतर्फ मात्रिका प्रसाद यादव र दलिततर्फ सीमा कुमारी बिक कौशललाई सिफारीस गरिएको छ । यस्तै समानुपातिकतर्फ नै प्रदेश सभामा खस आर्यबाट गीता सिंह र रुपा मल्ल, अल्पसंख्यकमा धानमति लोध, मधेशीमा नन्दलाल यादव र जनजातीमा सुशिला थारुलाई सिफारिस गरेको आलमले जनाए ।
प्रतिक्रिया