मंसिर २३,
ग्लोबल आवाज
बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । कार्यकारी अधिकार प्राप्तभएपछि दोस्रोपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकले साङ्गठनिक एकीकरणका कार्यलाई टुङ्ग्याउने स्रोतले बताएको छ ।
उपनिर्वाचनका बारेमा तल्लो कमिटीबाट आएका प्रतिवेदनको आधारमा सचिवालयले समीक्षा गर्ने कार्ययोजना यसअघि नै तय भएको थियो । सचिवालय बैठक बोलाउनु अघि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेललगायतसँग आइतबार परामर्श गरेका थिए । उपनिर्वाचनको समीक्षा, स्थायी र केन्द्रीय समिति बैठक बोलाउनेदेखि पार्टी एकीकरणका साङ्गठनिक काम सम्पन्न ग र्नेलगायतका अजेन्डा प्रस्तुत गर्नसक्ने दाहालले जानकारी दिएका थिए।
दाहालकाअनुसार सचिवालय बैठकमा सभामुख चयन प्रक्रियाका बारेमासमेत छलफल हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया