ताजा अपडेट »

२०औं लिस्नुकप फुटबल प्रतियोगिता : राइजिङ स्टार कपिलबस्तु क्वार्टर फाइनलमा

मंगलबार, २१ भदौ २०७९


भैरहवा । रुपन्देहीको कोटिहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा राइजिंग स्टार युवा क्लव ४–३ गोल अन्तरले विजयी भएको छ । यस संगै राइजिंग स्टारले क्वाटर फाईनलमा स्थान पक्का गरेको छ ।

मंगलबार तिलोत्तमा कोटीहवा स्थित पशुपति माबिको खेलमैदानमा सम्पन्न खेलमा सम्पुर्ण युवा क्लव तिलोत्तमा सुपौलीलाई ४–३ गोल अन्तरले पराजित गर्दै कपिलबस्तु शिबराजनगर पालिकाको राईजिंग स्टारले क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो ।

राईजिंगका लागि १५ मिनेटमा राम बहादुर बिएमले ,५० मिनेटमा चन्द्र पुनले, ६२ मिनेटमा राईजिंगका सन्दीप थारुले तथा ७३ मिनेटमा अरुण थारुले गोल गरेका थिए भने सम्पुणका लागि २३ मिनेटमा मिशन दर्लामीले, ३२ मिनेटमा जया गुरुंगले,५६ मिनेटमै या गुरुंगले गोल गरेका थिए ।

शनिबारदेखि लिस्नु युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैया र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार रुपैया र ट्रफी प्राप्त गर्ने छन् ।

त्यस्तै गरी सेमिफाईनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैया, प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले २५ हजार रुपैया तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैया तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोहिस्थानकी श्रीमाया गुरुंगले आफना बुवा स्व: डिम बहादुर गुरुंगको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लवले जनाएको छ ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल सञ्जिबनि युबा क्लब तिलोत्तमा १४, बागधुरा तथा डि युनिटी क्लव देबदह खैरेनीबीच हुने आयोजक लिस्नु युवा क्लवका सचिब मनोज क्षेत्रीले जानकारी दिए ।