ताजा अपडेट »

एप्पल एजुकेशनलद्वारा ३ लाखको छात्रबृत्ति प्रदान

सोमबार, २३ मंसिर २०७६

मंसिर २३,

ग्लोबल आवाज

बुटवल । बुटवलको मिलनचोकमा रहेको एप्पल एजुकेशनल एकेडेमीले आफ्नो एकेडेमीमा तयारी कक्षा लिएका एक विद्यार्थीलाई शनिबार एक कार्यक्रमको आयोजना गरी तीन लाख रुपयाँको छात्रबृत्ति प्रदान गरेको छ । एकेडेमीले अर्घाखाँची स्थायी घर भई हाल बुटवलको बेलबास बस्दै आएका मनोज बि क लाई त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत वन विज्ञान पढ्न लाग्ने तीन लाख रुपयाँको चेक हस्तान्तरण गरेको हो ।

एकेडेमीमा वन विज्ञानको तयारी कक्षा लिएका बि क ले आशिंक शुल्कमा पढ्न पाउने गरी नाम निकाल्न सफल भए पनि शुल्क तिरेर पढ्न सक्ने अबस्था नभए पछि एकेडेमीलाई सहयोग गर्न आग्रह गरेकाले पैसाको अभावमा कसैले पढ्नबाट बन्चित हुन नपरोस भनेर उनको सहयोगको आग्रहलाई स्वीकार गरी सहयोग गरेको एकेडेमीका अध्यक्ष डा.निसिम भुसालले बताए ।

कार्यक्रममा एकेडेमीका म्यानेजिङ्ग डाइरेक्टर अशोक पराजुली,एकेडेमिक डाइरेक्टर सञ्जय पोखरेल, छात्रबृत्ति प्राप्तकर्ता विद्यार्थी मनोज बि.क. लगायतले भनाई राखेका थिए ।