बाली । जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको छ ।
आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनासो गरेका छन् । १८० यात्रुहरु अझै पनि बालीमा फसेको जेटस्टारले जनाएको छ । अष्ट्रेलियाको एयरलाइन क्वान्टासद्वारा सञ्चालित उक्त एयरलाइनले अधिकांश प्रभावित यात्रुहरूलाई खाने र बासको व्यवस्था गरिएको जनाएको छ ।
प्रतिक्रिया