ताजा अपडेट »

प्रचण्डको दाबीः ‘कांग्रेस ८० सिटमा झर्छ, माओवादीले ६० वरिपरी पाउँछ’

मंगलबार, २१ भदौ २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले ६० सिट पाउने दाबी गरेका छन् । 

मंगलबार पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि धनगढी पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरुसँग सय सिट दाबी गरेको नेपाली कांग्रेसले ८० सिटमा सहमतिको प्रयास भैरहेको र माओवादी पनि ६० सिट वरिपरी सहमति गर्नेतर्फ उन्मुख रहेको बताएका हुन् । 

‘कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं । त्यसको वरिपरी मिलाउने हो ।’ उनले भने ।