बुटवल । पिज्जा तथा केएफसी पारखीहरुका लागि बुटवलमा अन्र्तराष्ट्रिय प्रख्या ब्रान्ड ‘पिज्जाहट’को शाखा सञ्चालनमा आएको छ । आफ्नै सिग्नेचर ब्राण्ड ‘गार्लिक पिज्जा’ सहित नेपालका लागि ‘स्पेशल मोमोमिया पिज्जा’को नयाँ स्वाद ल्याइएको कम्पनीले जनाएको छ । बुटवल–८ सुख्खानगरमा भाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमै रहेको पिज्जा हन्टमा विभिन्न प्रकारका पिज्जको स्वाद लिन सकिने कम्पनीले बताएका छ । पिज्जा हन्टको काठमाण्डौ उपत्यका बाहिर पहिलो शाखा बुटवलमा विस्तार गरिएको हो । पिज्जा हटका शाखा विस्तार अन्तराष्ट्रिय फड चेन ब्रान्ड के एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा विस्तार गरेको हो ।
खोलिएको के.एफ.सी. रेस्टरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्ट्रेन्टका रुपमा परिचित भएको कम्पनीको दाबी छ । विश्वमै सवै भन्दा स्वादिष्ट पिज्जा उपलब्ध गराउने ब्रान्डमा पिज्जाहट रेस्टरेन्ट मानिन्छ । यस आउटलेटमा के एफ.सि.का विभिन्न चिकेन परिकार जस्तै मोस्ट्रार्ड क्रेप्सी, चिकेन पपकन, चिेकन स्ट्रीप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिने जनाइएको छ । शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिनेछ ।
दुवै रेटुरेन्टले हाल विहान १० बजेबाट रातको १० बजेसम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै भोज डिल मार्फत डेलिभरी सेवाबाट घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिने जनाइएको छ । दुवै रेस्टुराहरु देवयानी इन्टरनेशनल नेपाल प्रा लि.ले सञ्चालमा ल्याएको हो । कम्पनीले रेष्ट्रा मार्फत २६ जना स्थानिय कर्मचारीलाई प्रत्यक्ष रोजगार दिएको छ ।
प्रतिक्रिया