भैरहवा । तराई मधेश जनता पार्टी (टाईगर्स) ले आफ्ना लुम्बिनी प्रदेशका प्रमुख ध्रुव शर्मालाई कारवाही गरि पार्टीबाट निष्कासन गरेको जनाएको छ । बारा जिल्ला भई अहिले रुपन्देही देवदह नगरपालिका वडा नम्बर ११ शंकरपुर बस्ने शर्माले पार्टीको बिधान बिपरीत “घिन लाग्दो” काम गरेको कारण निजलाई कारवाही गरि पार्टीबाट निष्कासीत गरिएको पार्टीले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।
केन्द्रिय सचिवालयका महासचिव रोशन साहद्वारा हस्ताक्षरित बिज्ञप्तीमा शर्मालाई आजैको मिति देखी साधारण सदस्य समेत नरहने गरि निष्कासीत गरिएको जनाईएको छ । शसस्त्र आन्दोलनबाट शान्ती वार्ता मार्फत मूल राजनैतिक धारमा प्रवेश गरेको तराई मधेश जनता पार्टी (टाईगर्स) ले अहिले आफ्नो संगठन विस्तारमा जोड दिएको छ । यस्तो अवश्थामा पार्टीकै नेताबाट बिभिन्न बहानामा स्थानिय एवम पार्टीका साधारण कार्यकर्ता समेतलाई ठग्दै आएका ध्रुव शर्मालाई कार्यवाही गरिएको पार्टीका नेता मेजर पाण्डेले जानकारी दिए ।
प्रतिक्रिया