ताजा अपडेट »

मुस्ताङ उडेको जहाज पोखरा विमानस्थलमा आपतकालीन अवतरण

आइतबार, १९ भदौ २०७९

काठमाडौँ । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको छ ।

आज बिहान ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि केही मिनेटमै  पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको हो। जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए। सबैको सकुशल अवतरण भएको जनाइएको छ ।