ताजा अपडेट »

केन्यालाई नेपालले दियो २३१ रनको विजयी लक्ष्य

शनिबार, १८ भदौ २०७९

काठमाण्डौं। दोस्रो एकदिवसीय म्याचमा नेपालले घरेलु टोली केन्यालाई २ सय ३१ रनको लक्ष्य दिएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३० रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले। रोहितले ९५ बलमा ७ चौकाको मद्दतमा ७८ रनको योगदान दिए।

यस्तै, ओपनर देव खनालले ३७ सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, आदिल आलमले १४, करण केसीले ११, अर्जुन साउँदले ५ तथा दीपेन्द्रसिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट हुँदा शाहब आलम शून्य रनमा अविजित रहे।

केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २–२ विकेट लिए। आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा छ। पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो।

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो। घरेलु टोली केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ। नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ।

केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ। पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिइएको छ। उनको स्थानमा देव खनाललाई खेलाइएको छ। निगेल इन्जुरीका कारण आसिफलाई आराम दिइएको टसका क्रममा कप्तान रोहितकुमार पौडेलले बताएका थिए।

नेपालको प्लेइङ–११ :

देव खनाल, अर्जुन साउँद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, मोहम्मद आदिल आलम, सोमपाल कामी, करण केसी, बसिर अहमद र शाहब आलम।