ताजा अपडेट »

पश्चिम नवलपरासीमा क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार छनोट

शनिबार, १८ भदौ २०७९

परासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रबार बर्दघाटमा सम्पन्न क्षेत्रीय कमिटीको विस्तारित बैठकले उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट संघतर्फ पार्टी जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र राम लखन हरिजनको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । यसैगरी प्रदेशका लागि निर्वाचन क्षेत्र नम्बर १ (क) बाट पुण्य प्रसाद पौडेल, सिन्धु जलेसा, राम बहादुर भण्डारी, एकदेव पाण्डे र टुक प्रसाद बस्यालको नाम सिफारीस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्टको नाम सिफारीस गरेको संघीय निर्वाचनका क्षेत्रीय संयोजक गोपाल सिंह आलेले जानकारी दिए  ।

संयोजक आलेको अध्यक्षता, केन्द्रीय सदस्यत तथा जिल्ला ईन्चार्ज सरिता खनालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो ।