बुटवल । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, ओमसतिया गाउँपालिका अध्यक्ष धनबहादुर थापा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । थापालाई विहीबार नेकपा एकीकृत समाजवादी रुपन्देहीका इन्चार्ज राजु गुरुङ्ले स्वागत गरेका थिए ।
एमालेमा कार्यकताको उचित मूल्याङ्कान नभएकोले आफूले पार्टी परित्याग गरेर नेकपा एसमा प्रवेश गरेको बताए । पार्टीमा स्वागत गर्दै एकीकृत समाजवादीका रुपन्देही इन्चार्ज गुरुङले निर्वाचनसम्ममा एमालेबाट धेरै नेता कार्यकर्ता एकीकृत समाजवादीमा आउने र त्यसका लागि छलफल समेत भइरहेको बताए ।
प्रतिक्रिया