ताजा अपडेट »

सिट बाँडफाँट टुंग्याउन बालुवाटारमा कार्यदलको बैठक

विहीबार, १६ भदौ २०७९

काठमाडौँ । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको  कार्यदल  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बुधबार बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सो छलफललाई आज पनि निरन्तरता दिइएको हो ।

कार्यदल बस्नुअघि सत्तारुढ पाँच दलका शीर्ष नेताबीच छलफलसमेत भएको थियो। कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका छन् । जसमा सहमति जुटाउन सहज भने छैन । पटकपटक बसेका बैठक सकारात्मक छलफल भएपनि बिना निष्कर्ष टुंगिएका छन् ।