ताजा अपडेट »

सुनचाँदीको मूल्य घट्यो

बुधबार, १५ भदौ २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार  तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । 

तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर ११ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।