काठमाडौं। नेपालसँगको चौथो टी–२० अन्तर्राष्ट्रिय म्याचमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ। यी दुई देशबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सुरु भएको छ। घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगावै सिरिज कब्जा गर्ने योजनामा छ। यस खेल जितेमा नेपालले सिरिज एक खेल अगावै आफ्नो बनाउनेछ। पाँच खेलको टी–२० सिरिजमा नेपाल २–१ ले अघि छ।
आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो। केन्या पनि नेपालविरुद्ध जित निकाल्दै सिरिज जित्ने सम्भावना कायम राख्न चाहन्छ। आज नेपालले तेस्रो खेलको प्लेइङ–११ लाई निरन्तरता दिएको छ।
नेपालका लागि पवन सरार्फ तथा अर्जुन साउँदले ओपनिङ गर्ने छन्। तेस्रो स्थानमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेल रहने छन्। पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी तथा छैठौं स्थानमा आरिफ शेख रहेका छन्। सातौं स्थानमा आदिल आलम, आठौं स्थानमा करण केसीले मौका पाउँदा नवौं नम्बरमा सोमपाल कामी छन्। दशौँ नम्बरमा कप्तान सन्दीप लामिछाने रहँदा एघारौं स्थानमा साहब आलमले खेल्नेछन्।
नेपालको प्लेइङ–११ स् पवन सरार्फ, अर्जुन साउँद ९विकेटकिपर०, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने ९कप्तान० र साहब आलम।
प्रतिक्रिया