नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला इन्चार्जमा बीरबहादुर कार्की ( चाहल ) चयन भएका छन् । शनिवार लुम्बिनी प्रदेश समितिको बैठकmे सो पार्टीका वैकल्पिक केन्द्रिय सदस्य रहेका कार्कीलाई गुल्मीको ईन्चार्जमा चयन गरेको हो । कार्कीलाई प्रदेश कमिटी बैठकले सर्वसम्मत रुपमा गुल्मीको ईन्चार्जमा चयन गरेको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले जानकारी दिएका हुन् ।
यसअघि गुल्मी जिल्ला संयोजक रहेका कार्की जिल्ला समन्व्य समितिका सदस्य हुन । जिल्ला समन्व्य समिति उपप्रमुख हुने पक्का ठानिएका र उनि आफु पनि निश्चित जस्तै ठानेर बधाई खाईरहेका बेला सोही पार्टीबाट कालिगण्डकी गाउँपालिकाका तेजेन्द्र सलामी उपप्रमुख भएपछि कार्की असन्तुष्ट देखिएका थिए ।
उनि मालिका गाउँपालिका गाउँपालिका– ५ बाट उपप्रमुख हुने, बनाउने आश्वासनका कारण गठबन्धनबाट कांग्रेसको रुख चिन्ह लिई वडा सदस्यमा विजयी भएका थिए । तर पछि प्रमुख द्रोणबहादुर खत्री पनि रुख चिन्हबाटै र उपप्रमुख पनि रुख चिन्हबाटै विजयी भएका सदस्यमै चित्त बुझाउनु परेको थियो । उनी किशान मजदुरका नेता र आफु स्वयम् पनि पौरखी किसानका रुपमा चिनिदै आएका छन् ।
प्रतिक्रिया